काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६६ अंकले बढेर बजार २७ सय ८० दशमलव २५ को बिन्दुमा बन्द भएको छ।
आज कारोबारमा आएको ३४७ कम्पनीको ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३५ लाख कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, ८.५ प्रतिशत एसबीएल डिबेन्चर २०८४ का लगानीकर्ताले १४.९३ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तैगरी, आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ता गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन् ।




प्रतिक्रिया