अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं-नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार २८५ निर्धारण भएको छ। 

हिजो बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।