अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक जना विद्यार्थी पनि शिक्षाको अधिकारबाट वञ्चित हुँदैन: मन्त्री पोखरेल

एक जना विद्यार्थी पनि शिक्षाको अधिकारबाट वञ्चित हुँदैन: मन्त्री पोखरेल


काठमाडौँ-शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

संसदमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताए। सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए।  

मन्त्री पोखरेलले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए।

Skip This