अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’

कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’


काठमाडौँ-कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) सार्वजनिक गरेको नतिजा अनुसार कुल परीक्षार्थी मध्ये एक लाख चार सय ७१ जना नन ग्रेडेड भएका हुन् । 

सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । यस्तै, ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । दुई जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको बोर्डले जनाएको छ । 

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमित तर्फ ३ लाख ३२ हजार २ सय ४१ र आशींकतर्फ ८५ हजार ९२९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा गत वैशाख १४ गते देखि सञ्चालन भएको थियो ।

Skip This