अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पुनर्गठनका लागि सुदूरपश्चिममा सुझाव संकलन भेला सुरु

एमाले पुनर्गठनका लागि सुदूरपश्चिममा सुझाव संकलन भेला सुरु


धनगढी-नेकपा (एमाले) को संगठन सुदृढीकरण तथा पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबार धनगढीमा सुरु भएको छ।

भेलामा सुदूरपश्चिम प्रदेशका एमाले नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता रहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

भेलामा एमालेको सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा तथा सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ सहभागी छन्।

यसअघि कार्यदलले कोशी र लुम्बिनी प्रदेशमा पनि यस्तै भेला आयोजना गरी नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो। ती भेलाहरूमा सहभागीहरूले पार्टी पुनर्गठन, संगठन सुदृढीकरण र कार्यशैली सुधारमा जोड दिएका थिए।

एमालेले सातै प्रदेशमा सुझाव संकलन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। प्रदेशस्तरीय भेलाबाट प्राप्त सुझावका आधारमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरी नेतृत्वसमक्ष पेश गरिने बताइएको छ।

Skip This