अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साल्पासिलिछो गाउँपालिकाको ४९ करोड ८९ लाख बजेट, सडक, कृषि र पर्यटनमा विशेष प्राथमिकता

साल्पासिलिछो गाउँपालिकाको ४९ करोड ८९ लाख बजेट, सडक, कृषि र पर्यटनमा विशेष प्राथमिकता


 भोजपुर- भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १८औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ८९ लाख १८ हजार १७७ रुपैयाँको बजेट पारित गरेको छ।

गाउँपालिकाले विकास, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजना अघि सारेको जनाएको छ। गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार कार्तिक–कुलुङ–चौकीडाँडा–दोभाने–साल्पा सडक ग्राभेलका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि उन्नत जातका गाईपालन कार्यक्रम सञ्चालन गर्न १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ भने स्थानीय उत्पादनको संरक्षण तथा बजारीकरणलाई टेवा पुर्‍याउन चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

त्यसैगरी, कुलुङ अयाबे खानेपानी आयोजनाका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। पर्यटन क्षेत्रको विकासलाई लक्षित गर्दै प्रसिद्ध मुन्दुम ट्रेलसहित साल्पा क्षेत्रको पर्यटन पूर्वाधार निर्माण तथा विस्तारका लागि पनि १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

पूर्वाधार विकासअन्तर्गत गोठे बजार–वेडेखुवा–खोला मोटरेबल पुल तथा याक्सा नागदेह मोटरेबल पुल निर्माण योजनालाई बजेटमा समेटिएको गाउँपालिकाले जनाएको छ।

सामाजिक क्षेत्रतर्फ स्वास्थ्य इकाइ व्यवस्थापन, शिक्षक दरबन्दी नभएका विद्यालयलाई अनुदानको निरन्तरता तथा युवालाई स्वरोजगार बनाउन सहुलियत कर्जा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

Skip This