अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साताको पहिलो कारोबारको दिन नेप्सेमा साढे १६ अंकको गिरावट, खुम्चियो कारोबार रकम

साताको पहिलो कारोबारको दिन नेप्सेमा साढे १६ अंकको गिरावट, खुम्चियो कारोबार रकम


काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.५४ अंकले घटेर २६ सय ३२ दशमलव ९६ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३५१ कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ७६ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको ८ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यससँगै, आज ट्रक्सार पिखुवा खोला याम्बालिङ हाइड्रोपावर र स्नो रिभर्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी तिन कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This