अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापा

७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापा


काठमाडौं-प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन्।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ। 

त्यस्तै पोखरा विश्वविद्यालयकाे उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ। 

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

सर्टलिस्टमा परेका तीन/तीन जना मध्ये एक जनालाई कुलपति शाहले नियुक्त गरेका हुन्।

Skip This