अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्री शाहले व्यवसायीसँग संवाद गर्ने

निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्री शाहले व्यवसायीसँग संवाद गर्ने


काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग निर्माण क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे प्रत्यक्ष संवाद गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा निर्माण व्यवसायीहरूले भोगिरहेका व्यवहारिक समस्या, निर्माण क्षेत्रको वर्तमान अवस्था, नीतिगत सहजीकरण तथा सरकारबाट अपेक्षित सुधारका विषयमा विस्तृत छलफल हुनेछ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले निर्माण क्षेत्रको सुस्तता हटाउने, विकास आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा निर्माण व्यवसायीका समस्याको समाधानका लागि आवश्यक नीतिगत सुधारबारे सुझाव संकलन गर्ने उद्देश्यले उक्त संवाद आयोजना गरिएको बताइएको छ।

Skip This