अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई लक्षित गर्दै सूर्य थापाको व्यंग्य: न्याउरी मारी पछुतो त भएकै होला ?

प्रचण्डलाई लक्षित गर्दै सूर्य थापाको व्यंग्य: न्याउरी मारी पछुतो त भएकै होला ?


काठमाडौँनेकपा (एमाले)का नेता सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तत्कालीन केन्द्रीय सदस्यको परिचयपत्र सार्वजनिक गर्दै तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।

नेता थापाले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत तत्कालीन नेकपाको केन्द्रीय सदस्यको परिचयपत्रको तस्बिर सार्वजनिक गर्दै, ‘न्याउरी मारी पछुतो त भएकै होला ?’ र ‘तेल दिंदा नखाने, कोल चाट्ने भनेको यस्तै हो !’ भन्ने टिप्पणी गरेका हुन्।

नेता थापाले सार्वजनिक गरेको परिचयपत्र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयबाट जारी गरिएको देखिन्छ। उक्त परिचयपत्रमा सूर्यबहादुर थापा क्षेत्रीलाई केन्द्रीय समितिको सदस्यका रूपमा उल्लेख गरिएको छ।

नेता थापाको उक्त पोस्टलाई सामाजिक सञ्जालमा नेकपा एकीकरण र त्यसपछिको विभाजनसँग जोडेर विभिन्न कोणबाट चर्चा गरिएको छ। केहीले यसलाई प्रचण्ड नेतृत्वको पछिल्लो राजनीतिक अवस्थाप्रतिको कटाक्षका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई तत्कालीन राजनीतिक निर्णयप्रति लक्षित टिप्पणीका रूपमा अर्थ्याएका छन्।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। तर, सर्वोच्च अदालतको फैसलापछि उक्त पार्टी विभाजित भई दुवै दल आ-आफ्नै अस्तित्वमा फर्किएका थिए।

Skip This