अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यमन्त्रीसमक्ष नवनियुक्त ६ उपकुलपतिको शपथ

स्वास्थ्यमन्त्रीसमक्ष नवनियुक्त ६ उपकुलपतिको शपथ


काठमाडौँ-देशका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ लिनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।

नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो।

नवनियुक्त उपकुलपतिहरूले अब सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक, अनुसन्धान तथा प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

Skip This