अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार

रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार


काठमाडौँ-रौतहटका एक युवक गम्भीर जलनका कारण वीर अस्पतालमा उपचाररत छन्। गरुडा नगरपालिका-९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीलाई उपचारका लागि वीर अस्पताल ल्याइएको हो।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सहनीको जलन विशेषज्ञ डा. अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार राति सहनी गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्‍याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । 

Skip This