अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई एमाले सांसद श्रेष्ठको प्रश्न: भारतले नेपालले मिचेको भूमि फिर्ता मागे कुन भूभाग दिनुहुन्छ ?

प्रधानमन्त्रीलाई एमाले सांसद श्रेष्ठको प्रश्न: भारतले नेपालले मिचेको भूमि फिर्ता मागे कुन भूभाग दिनुहुन्छ ?


काठमाडौँ-नेकपा (एमाले) की सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको ३०८३ जेठ १७ गतेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले राष्ट्रिय सीमा र सार्वभौमिकताका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संकेत गर्दै भारतले नेपालले मिचेको भूमि फिर्ता मागे सरकारले कुन भूभाग दिन्छ भन्ने प्रश्न उठाइन्। उनले सरकारलाई लक्षित गर्दै, “के कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूमिमाथिको दाबी छाड्ने तयारी हो ?” भन्दै जिज्ञासा व्यक्त गरिन्।

सीमावर्ती क्षेत्रमा जङ्गे पिलर खिइने र स्थानान्तरण हुने समस्याले स्थानीय नागरिक प्रत्यक्ष प्रभावित भइरहेको उल्लेख गर्दै उनले त्यहाँका बासिन्दा कहिलेकाहीँ “बेलुका नेपाली र बिहान भारतीय” जस्तो अवस्था भोग्न बाध्य भएको बताइन्। देशको सीमा सुरक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षण राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले नेपाली भूमि र राष्ट्रिय पहिचान गुम्न नदिने अडान दोहोर्‍याइन्।

सांसद श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गर्दै नागरिकका वास्तविक समस्याभन्दा सरकार ‘नाटक र प्रचारबाजी’मा केन्द्रित भएको आरोप लगाइन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनअघि गरेका प्रतिबद्धता र जनतासँग गरेका वाचाहरू सरकारमा पुगेपछि पूरा गर्न नसकेको दाबी गरिन्। नागरिकको अपेक्षा अनुसार सुशासन, पारदर्शिता र परिणाममुखी काम गर्न सरकार असफल भएको उनको भनाइ थियो।

Skip This