अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती सरकारबाट एमाले बाहिरिँदै

बागमती सरकारबाट एमाले बाहिरिँदै


हेटौँडा-बागमती प्रदेश सरकारको सत्ता समीकरण फेरबदलका लागि दलहरू सक्रिय रूपमा लागेका छन् । केन्द्रीय तहमा तत्कालीन नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी भङ्ग भएपछि प्रदेशहरूमा नयाँ सरकार गठनको कसरत सुरु भएको हो । 

बागमती प्रदेश सरकारका सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। तत्काल सरकार नछाड्ने रणनीतिमा रहेको भनिएको एमाले अन्ततः सोमबार सरकारबाट बाहिरिन लागेको हो। एमालेले सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। 

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने निर्णय भइसकेको र समर्थन फिर्ताको तयारी गरिएको जानकारी दिएका छन् । उनका अनुसार पार्टीको शीर्ष नेतृत्वको निर्देशनमा सरकारमा सहभागी ६ जना मन्त्रीलाई राजीनामा बुझाउन र समर्थन फिर्ता लिन निर्देशन दिइसकिएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण राजीनामा बुझाउन केही समय लागेको उनको भनाइ छ।

त्यसो त, एमालेका मन्त्रीहरूले गत असार ३२ गते नै मुख्यमन्त्री बानियाँलाई भेटेर सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए । तर, पार्टी केन्द्रको निर्देशनपछि उक्त राजीनामा रोकिएको थियो । बागमतीमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार क्रियाशील छ । झन्डै दुई वर्ष सरकार चलाएको यस गठबन्धनबाट कांग्रेसले दुई पटक सत्ताको नेतृत्व लिइसकेको छ । कांग्रेसका तर्फबाट सुरुमा बहादुर सिंह लामा र दोस्रो पटक मुख्यमन्त्रीका रूपमा २० साउन २०८२ देखि बानियाँले सरकारको नेतृत्व गरिरहेका छन् । 

Skip This