अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक


काठमाडौँ-मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जनाएको छ। १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।

छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास छन् ।

त्यस्तै वीणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद पनि १० कृतिभित्र परेका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति जारी गरेको त्यो जानकारी दिएका हुन् ।

Skip This