अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार भुवनबहादुर सिंहमाथि दुष्प्रचार भएको भन्दै प्रेस चौतारीको आपत्ति

पत्रकार भुवनबहादुर सिंहमाथि दुष्प्रचार भएको भन्दै प्रेस चौतारीको आपत्ति


काठमाडौं-प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा ‘माझगाउँखबर डटकम’का प्रकाशक/सम्पादक भुवनबहादुर सिंहमाथि सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा समाचार प्रकाशनको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले पत्रकार सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या, मानमर्दन र भ्रम सिर्जना गर्ने अभिव्यक्ति सार्वजनिक गरेको उल्लेख छ।

संगठनले समाचारप्रति असहमति भए कानुनी बाटो रोज्नुपर्नेमा सामाजिक सञ्जालमार्फत व्यक्तिगत आक्षेप लगाउने र चरित्रहत्या गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने यस्ता गैरजिम्मेवार र आपत्तिजनक गतिविधि अझ गम्भीर विषय भएको चौतारीले विज्ञप्तिमा उल्लेख छ।

प्रेस चौतारी नेपालले उक्त कार्यको घोर भर्त्सना गर्दै सम्बन्धित व्यक्तिलाई यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

चौतारीले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए श्रमजीवी पत्रकारको अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कानुनी कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित व्यक्ति र निकायले नै वहन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।




Skip This