अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै


काठमाडौं-मुलुकको अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग निरन्तर संवाद गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हस्तकला उद्योगको विकास, विस्तार तथा प्रवर्द्धनका विषयमा सुझाव संकलन गर्न प्रधानमन्त्री शाहले महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन्।

छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा तथा शीर्ष हस्तकला निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग, व्यापार, पर्यटनलगायत विभिन्न क्षेत्रका सरोकारवालासँग नियमित छलफल गर्दै आएका छन्। सोही क्रममा हस्तकला क्षेत्रको उत्पादन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा यस क्षेत्रका चुनौती र सम्भावित समाधानका विषयमा आजको बैठक केन्द्रित हुने अपेक्षा गरिएको छ।

Skip This