अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह


काठमाडौँ-प्रधानमन्त्री बालेन शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटका क्रममा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरूको मागमा पनि सकारात्मक भएका छन् । साथै, प्रधानमन्त्रीले शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वासन दिएका छन् ।

छलफलमा हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्रीले आश्वासन दिएका छन्।

त्यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् । भेटका क्रममा निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबिच सम्झौताका लागि पनि प्रधानमन्त्री शाह सकारात्मक देखिएकाे बताइएको छ।

भेटमा  महासङ्घका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री  शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि महासङ्घका प्रतिनिधिहरूलाई बोलाएका थिए ।  प्रतिनिधिहरूले सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताएका छन् ।

छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी रहेका थिए । 

Skip This