अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एआईमार्फत ‘नक्कली भिडियो’ बनाएर भ्रम फैलाइएको भन्दै चन्द्र ढकालको आपत्ति

एआईमार्फत ‘नक्कली भिडियो’ बनाएर भ्रम फैलाइएको भन्दै चन्द्र ढकालको आपत्ति


काठमाडौँ-आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आफ्नो नक्कली भिडियो बनाई सामाजिक सञ्जालमा भ्रामक प्रचार फैलाइएकाेप्रति असन्तुष्टि जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ढकालले आफ्नो अन्तर्वार्ता जस्तो देखिने भिडियो सामग्री बनाएर निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो आम्दानी गर्न सकिने भन्ने झुटा प्रचार गरिएको जानकारी दिएका हुन्।

उनले उक्त सामग्री आफूसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक विज्ञापन तथा प्रचारप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। ढकालले सामाजिक सञ्जालमा फैलाइएका यस्ता सामग्रीको विश्वास नगर्न तथा कुनै पनि लगानी निर्णय गर्दा आधिकारिक स्रोतबाट जानकारी लिन अनुरोध गरेका छन्।

उनले लेखेका छन्,‘कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ।’

ढकालका अनुसार एआई प्रयोग गरी झुटा सामग्री निर्माण गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै सम्बन्धित निकायमा उजुरीसमेत दर्ता गरिएको छ। उनले दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास व्यक्त गरेका छन्।

Skip This