काठमाडौं-सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको समता कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोधपछि प्रधानमन्त्री वालेन्द्र शाहले कर खारेजीको घोषणा गरेका थिए ।
आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१०) बमोजिम पूर्ण रूपमा छुट दिनेबारे आज अर्थमन्त्रीले प्रस्ताव लगेका थिए ।






प्रतिक्रिया