काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित समारोहस्थल बाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।
शिक्षामन्त्री पोख्रेल कार्यक्रममा सहभागी हुन पुगेका बेला प्रदर्शनमा उत्रिएका युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी (योग्यता आधारित प्रणाली) लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विद्यमान व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए।
उनीहरूले यिनै मागसहितका प्लेकार्ड बोकेर कार्यक्रमस्थल बाहिर विरोध जनाएका थिए। प्रदर्शनका कारण केही समय कार्यक्रमस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन पाँच जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया