अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित


काठमाडौं-नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन महत्वपूर्ण अवार्ड जित्न सफल भएको छ। बैंकले नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गरेको हो।

बैंकका अनुसार यी अवार्डहरूले नबिल बैंकको सुदृढ वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी प्राथमिकताप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएका छन्। साथै, साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रको विकासमा बैंकले पुर्‍याएको योगदानको पनि कदर गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले युरोमनीबाट प्राप्त सम्मानले बैंकको नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। उनले ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारहरूको विश्वासकै कारण यस्तो उपलब्धि हासिल भएको उल्लेख गरे।

बैंकिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये मानिने युरोमनी अवार्ड्स फर एक्सिलेन्सले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनमार्फत आफ्नो क्षेत्रमा प्रभाव पार्ने संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

‘नेपाल्स बेस्ट बैंक’ उपाधिले नबिल बैंकको वित्तीय सुदृढता, ग्राहक केन्द्रित सेवा, डिजिटल बैंकिङ नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ। त्यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले खेलेको नेतृत्वदायी भूमिकालाई सम्मान गरेको छ।

यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमहरूको प्रवर्द्धनका लागि बैंकले उपलब्ध गराउँदै आएको वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्शमूलक सेवाको योगदानलाई उजागर गरेको छ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंकले हाल देशभरका २६४ शाखा र ३१५ एटिएएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समावेशी र समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित आफ्ना सेवा विस्तार गरिरहेको जनाएको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको छ ।

Skip This