अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंसहित २८ जिल्लामा आज आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौंसहित २८ जिल्लामा आज आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह


काठमाडौं-बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार निरन्तर वर्षाका कारण खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुमपूर्व, रुकुमपश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी लगायत जिल्लामा बग्ने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय बस्ती, पुल, सडक तथा खोला आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई पनि सम्भावित विपद्को पूर्वतयारी गर्न र सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।

Skip This