काठमाडौं-सर्वोच्च अदालतको न्यायाधीसमा प्रस्तावित चारजना न्यायाधीसविरूद्व उजुरी आह्वान गरिएको छ ।
संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो । सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
केही दिनअघि बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।



प्रतिक्रिया