काठमाडौं-नेकपा (एमाले)का मनोनित १३ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ।
गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
मनोनित हुनेमा भोजपुरकी सिर्जना राई, रुपन्देहीकी सावित्रा अर्याल, कञ्चनपुरकी इन्दु कडरिया विष्ट, नवलपुरकी सीता पंगेनी, पाल्पाकी सीता अधिकारी, कास्कीकी डा. पुष्पा केसी भण्डारी, सिराहाका धर्मनाथप्रसाद साह, तेह्रथुमका तेजमान कन्दङवा, ताप्लेजुङका टंक आङ्वोहाङ, रोल्पाका नवीन रोक्का, स्याङ्जाका मीनप्रसाद गुरुङ, दोलखाका डवल पाण्डे र रुपन्देहीका तेजेन्द्र केसी रहेका छन्।
मनोनित सदस्यहरूले शपथ लिएसँगै पार्टीको केन्द्रीय कमिटीमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्।



प्रतिक्रिया