काठमाडौं- भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरीलाई साढे ७ लाख घुससहित पक्राउ गरेको हो। अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना र निवेदनका आधारमा बर्दिबासस्थित अख्तियारको कार्यालयबाट टोली खटिएको थियो।
टोलीले डिभिजन प्रमुखको क्वार्टरबाटै ढकाल र चौधरीलाई ७ लाख ५० हजार घुस लिइसकेको र स्रोत नखुलेको थप ७१ हजार ११५ रूपैयाँसहित पक्राउ परेको हो।
उनीहरूबाट तीनवटा मोबाइल समेत बरामद गरिएको थियो।






प्रतिक्रिया