अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


कपिलवस्तु-कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा गएराति नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात सदस्यीय टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा उपचारकै क्रममा आइतबार राति १ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागार निवासी २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ।

बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ खरीगैरा निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Skip This