काठमाडौँ-पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटनस्थलमा प्रदर्शनमा उत्रिएका सिमधारा दहचोक-४ खानेपानी उपभोक्ता समितिका माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।
सोमबार सुरुङमार्ग उद्घाटन कार्यक्रममा पुगेका मन्त्री लम्सालले प्रदर्शनरत सिमधारा–दहचोक–४ खानेपानी उपभोक्ता समितिका प्रतिनिधिसँग भेट गरी उनीहरूका मागप्रति सरकार सकारात्मक रहेको बताएका हुन्।
उपभोक्ता समितिले सुरुङमार्ग निर्माणबाट प्रभावित क्षेत्रका समस्याको समाधान गर्न माग गर्दै खानेपानी आयोजनाको सञ्चालनको ग्यारेन्टी, चर्किएका घरको उचित क्षतिपूर्ति तथा व्यवस्थापन, सिस्नेखोला लिफ्टिङ खानेपानी योजनाको सुनिश्चितता, सुरुङमार्गमा स्थानीयवासीका लागि सहज आवतजावतको व्यवस्था, रोजगारीको अवसर तथा स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेको छ।
स्थानीयले सुरुङमार्ग निर्माणका क्रममा आफूहरू प्रभावित भएको भन्दै लामो समयदेखि विभिन्न माग उठाउँदै आएका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।






प्रतिक्रिया