काठमाडौं-सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पर्वत निवासी केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) समेत हुन्।
उच्च शिक्षा क्षेत्रमा लामो अनुभव भएका केसीले त्रिभुवन विश्वविद्यालयमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनको नियुक्तिसँगै विश्वविद्यालय अनुदान आयोगको नेतृत्वले नयाँ गति लिने अपेक्षा गरिएको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। भोजपुरकी बासिन्दा श्रेष्ठ उच्च शिक्षा तथा शैक्षिक प्रशासनको क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
सरकारको यस निर्णयसँगै विश्वविद्यालय अनुदान आयोगमा अध्यक्ष र सचिव दुवै पदमा नयाँ नेतृत्व आएको छ।


प्रतिक्रिया