अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त


काठमाडौं-काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि प्रा.डा. बराल, प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो। बराल केयूकै दोस्रो ब्याचका इन्जिनियरिङ संकायका विद्यार्थी हुन्।

जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर गरेका बरालले न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका छन्।