अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक

बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि

बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि


काठमाडौं-सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। भदाै ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक पाँच हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। निर्णयअनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीले अब हालको पारिश्रमिकमा थप पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबसमेत समायोजन गर्ने निर्णय गरेको छ। निर्णयअनुसार कक्षा ९ र १० मा कार्यरत शिक्षण सहयोग अनुदान शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी शिक्षकसरह तथा कक्षा ६ देखि ८ मा कार्यरत शिक्षण सहयोग अनुदान शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणी शिक्षकसरह कायम गरिनेछ।

सरकारको यो निर्णयबाट विद्यालय तहमा कार्यरत हजारौं सहजकर्ता, कर्मचारी, सहयोगी तथा अनुदान कोटाका शिक्षक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।