चितवन-मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात सञ्चालन एकतर्फी भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ ७ः१५ बजेको अपडेटअनुसार सिमलतालस्थित CH 24+100 मा सडकको करिब ७० मिटर भाग भासिएको हो।
सडक भासिएपछि उक्त स्थानमा सवारीसाधन आवागमन एकतर्फी बनाइएको छ। सडक डिभिजन भरतपुरले यात्राका क्रममा सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न सबैलाई अनुरोध गरेको छ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया