अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ पहिरो: बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ पहिरो: बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो


बागलुङ-यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ ।