अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय निजामती विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

संघीय निजामती विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय


काठमाडौं-सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार उक्त विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनलगायतका व्यवस्था समेटिएको छ।

पछिल्लो समय ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने विषय आम चासो छ । विधेयकका केही प्रावधानमा सरकारले लोक सेवा आयोगबाट समेत परामर्श लिएको छ ।