काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्रबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनको दुःखद खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको बताएका छन् । लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाहरूको संघर्षबाट आजको समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको उनले उल्लेख गरेका छन् ।
बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने अध्यक्ष ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।





प्रतिक्रिया