अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेपालका चार केन्द्रीय नेताको सामूहिक राजीनामा

जसपा नेपालका चार केन्द्रीय नेताको सामूहिक राजीनामा


काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पार्टीसँगको आफ्नो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।

राजीनामा दिएका नेताहरूले अब ‘हुँकार मधेस’ अभियानमा सक्रिय रूपमा सहभागी हुनेसमेत घोषणा गरेका छन्। उनीहरूले मधेस, पहिचान, अधिकार र सामाजिक न्यायका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउन उक्त अभियानमा आबद्ध हुन लागेको जनाएका छन्।

जसपा नेपालका प्रभावशाली नेताहरूको एकैपटक भएको राजीनामालाई पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। यस घटनाले मधेस केन्द्रित राजनीतिमा नयाँ बहस र ध्रुवीकरणको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

यद्यपि, राजीनामाप्रति जसपा नेपालको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।