अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले संसदीय दलको बैठक

च्यासलमा एमाले संसदीय दलको बैठक


काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केहीबेरअघि सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने कार्यक्रम रहेको छ।

बैठकमा अध्यक्ष ओली, उपाध्यक्ष तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर लगायतका नेताहरू सहभागी छन् । 

एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र अधिवेशन समाप्तिपछि नियमित रूपमा संसदीय दलको बैठक बोलाउँदै आएको छ। यस्ता बैठकमा अधिवेशन अवधिभर पार्टीका सांसदहरूले खेलेको भूमिका, संसद्मा भएका गतिविधि तथा दलका तर्फबाट सम्पादन गरिएका कामकारबाहीको समीक्षा गरिन्छ।

संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार आजको बैठकमा हालै सम्पन्न संसद् अधिवेशनमा एमालेले निर्वाह गरेको भूमिकाको समीक्षा गरिनेछ। साथै आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकाबारे अध्यक्ष ओलीले आवश्यक निर्देशन दिनेछन्।

बैठकमा संसद्को आगामी कार्यसूची, पार्टीका सांसदहरूको भूमिका तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ।