काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै महासचिव पोखरेल कांग्रेसको महाधिवेशनमा सहभागी भएका हुन्।
काठमाडौँस्थित खुलामञ्चमा जारी उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
कांग्रेसको नेतृत्व चयनसहित आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले आयोजित १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई विशेष महत्वका साथ हेरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूको सहभागिता रहेको छ।
एमालेका तर्फबाट महासचिव पोखरेलको उपस्थितिलाई प्रमुख प्रतिपक्षी दल र सत्तारुढ कांग्रेसबीचको राजनीतिक शिष्टाचार तथा लोकतान्त्रिक अभ्यासको निरन्तरताका रूपमा पनि हेरिएको छ।



प्रतिक्रिया