काठमाडौँ-प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन्।
परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक भोली मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।
सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छन्। न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको बताइएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको ५ सदस्यीय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।



प्रतिक्रिया