काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ।
समितिले सूचना जारी गर्दै महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको जनाएको हो।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि योग्य प्रतिनिधिहरूको विवरण समेटेर मतदाता नामावली प्रकाशित गरेको हो। प्रकाशित नामावलीमा सम्बन्धित प्रतिनिधिहरूको विवरण समावेश गरिएको समितिले जनाएको छ।



प्रतिक्रिया