अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ?

बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ?


काठमाडौँ-बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका केही प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १०:३० बजे आएको बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्ड बन्द रहने बताइएको छ।   

यसैगरी गण्डकी प्रदेशको म्याग्दी स्थित बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२, बैसरीमा असोज १० गते बिहान ०५:५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प छ। 

 त्यस्तै नवलपरासी (पूर्व) को कालीगण्डकी कोरिडोर अन्तर्गत बौदिकाली गाउँपालिका-३, जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६:४५ बजे पहिरो खसेको थियो। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि साना सवारी मात्र चल्न सक्ने र ठूला गाडीहरू जान नसक्ने प्रहरीले जनाएको छ।  

 अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीले अनुरोध गरेको छ।