अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते


 बैतडी-बैतडीको मेलौली नगरपालिका-१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गए राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा चालकसहित सात जना सवार रहेकोमा दुर्घटनामा सबै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो ।

उपचारका क्रममा राति ८ः३५ बजे पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार रहेका छन् ।

घाइतेमध्ये सोमनीको भित्री चोट लागेको छ भने अविनासको खुट्टा तथा निरजको टाउको र ढाडमा चोट लागेको छ । त्यस्तै, करन सिंह सामान्य घाइते भएका छन् भने सुनिलको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । चालक सन्तोषको टाउकोमा चोट लागेको छ ।

घाइतेमध्ये सोमनी, अविनास, निरज र चालक सन्तोषको अवस्था मध्यम रहेको छ भने करन सिंह र सुनिलको अवस्था सामान्य रहेको जनाइएको छ ।

१. जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष २२ की सोमनी मंगोला — भित्री चोट, अवस्था मध्यम ।

२. सोही स्थान बस्ने वर्ष ११ का अविनास राम लुहार ( खुट्टामा चोट, अवस्था मध्यम) ।

३. सोही स्थान बस्ने वर्ष १६ का निरज बस्केल ( टाउको र ढाडमा चोट, अवस्था मध्यम) ।

४. सोही स्थान बस्ने वर्ष २४ का करन सिंह मंगोला ( सामान्य चोट, अवस्था सामान्य) ।

५. सोही स्थान बस्ने वर्ष २२ का सुनिल बस्केल ( टाउको र दायाँ खुट्टामा चोट, अवस्था सामान्य) ।

६. सोही स्थान बस्ने जिप चालक वर्ष ३६ का सन्तोष राम लुहार ( टाउकोमा चोट, अवस्था मध्यम) ।