अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्क साम्पाङको प्रश्न– ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?’

हर्क साम्पाङको प्रश्न– ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?’


काठमाडौँ-श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा सरकारसँग प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आइजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्‍यो भन्दै सरकारसँग जवाफ मागेका हुन्।

साम्पाङले लेखेका छन्, ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?’

प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरिएपछि सरकारको निर्णयबारे विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । यसैबीच अध्यक्ष साम्पाङले पनि नियुक्ति प्रक्रियामा बिचौलियाको भूमिका थियो वा थिएन भन्ने प्रश्न उठाएका हुन् ।