अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली, सर्वसाधारणसँग खिचाए तस्बिर

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली, सर्वसाधारणसँग खिचाए तस्बिर


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्।

पार्टी कार्यालयबाट फर्किने क्रममा अध्यक्ष ओली नातिसहित सुपरमार्केट पुगेका हुन्। आकस्मिक रूपमा पुगेका ओलीलाई भाटभटेनीका कर्मचारीहरूले स्वागत गरेका थिए।

सुपरमार्केटमा किनमेलका लागि पुगेका अध्यक्ष ओलीलाई देखेपछि त्यहाँ उपस्थित सर्वसाधारणले उनीसँग तस्बिरसमेत खिचाएका थिए।