काठमाडौं-देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।



प्रतिक्रिया