काठमाडौं-भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्।
साहले नयाँ दिल्लीको राजघाट पुगेर गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।
यसअघि राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीले उनलाई स्वागत गरेका थिए।
मोदीले औपचारिक रूपमा स्वागत गरेसँगै प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो।
भारतीय सेनाको एक टुकडीले उनलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।



प्रतिक्रिया