काठमाडौं-भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर प्रदान गरिएको छ।
भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थिति थियो।
गार्ड अफ अनर प्रदान गरिएपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति मुर्मूले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको समेत आयोजना गरेकी छन्।

त्यसपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच औपचारिक भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
दुई दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई स्वागत गर्न राष्ट्रपति भवन परिसरमा रातो कार्पेट बिछ्याइएको थियो । राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।




प्रतिक्रिया