काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्।
उनीहरूले बिहीबार पारिवारिक तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका डाँगी र ढकालले विवाहमार्फत आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन्।
मुकुल ढकाल विराटनगरबाट जन्ती लिएर निशा डाँगीलाई लिन झापा पुगेका थिए। राजनीतिक यात्रामा एउटै दलसँग जोडिएका यी दुई नेता अब जीवन यात्रामा पनि जीवनसाथी बनेका छन्।
राजनीतिक सहयात्राबाट व्यक्तिगत जीवनको सहयात्रासम्म पुगेको उनीहरूको सम्बन्ध राजनीतिमा सक्रिय दुई व्यक्तिबीचको प्रेम, समझदारी र जीवनसाथी चयनको फरक उदाहरणका रूपमा देखिएको छ।



प्रतिक्रिया