अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सगरमाथा आरोही तेन्जिङ शेर्पाको बारेमा फिल्म निर्माण हुने

सगरमाथा आरोही तेन्जिङ शेर्पाको बारेमा फिल्म निर्माण हुने

appharu
0
Shares

काठमाडौं । नेपालका पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण हुने भएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्समा रिलिज हुने गरी तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण गर्न लागेको हो ।

यसका लागि नेटफ्लिक्ससँग ओबामाको प्रोडक्सन कम्पनीले सहकार्य गर्ने भएको छ । तेन्जिङको बारेमा फिल्म निर्माण गर्न लागेको नेटफ्लिक्सले जानकारी गराएको हो ।

फिल्मको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ, हिरो अफ एभरेस्ट’ मा आधारित निर्माण हुने भनिएको छ भने यस फिल्मको निर्देशन जेनिफर पिडमले गर्दैछन् ।

सन् १९५३ मे २९ मा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए ।