अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोर्न भिडियो शूट गरेको आरोपमा टिभी अभिनेत्री तथा मोडल पक्राउ

पोर्न भिडियो शूट गरेको आरोपमा टिभी अभिनेत्री तथा मोडल पक्राउ

appharu
0
Shares

मुम्बई । भारतमा एकजना टेलिभिजन अभिनेत्री तथा मोडल पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा पक्राउ परेकी छन् ।

पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा टेलिभिजन अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी हुन् ।

पोर्न भिडियो शुट गरी इन्टरनेटमा राखेको आरोपमा पक्राउ परेकी उनलाई मुम्बई प्रहरीले आइतबार मुम्बई अदालतमा पेश गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

मुम्बई प्रहरीले भिडियो बनाउन सहभागी भएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखेको बताइएको छ ।

एकजना प्रहरी अधिकारीले बताएअनुसार गहनाले ८७ ओटा पोर्न फिल्म शूट गरेकी थिइन् । ती सबै भिडियो उनले आफ्नो वेबसाइटमा अपलोड गरेकी थिइन् ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार वेबसाइटमा त्यस्तो भिडियो हेर्नका लागि सदस्यता बन्नुपर्ने व्यवस्था गरिएको थियो । सदस्यता बनाएर भिडियो हेर्न दिएबापत उनीहरुले प्रति सदस्यसँग २ हजार लिने गरेका थिए ।